उपयुक्त बिश्वबिद्यालयको खोजि – गहिरो खोच | University Guide Online

ELS को सहयोगले क्यानाडामाउपयुक्त बिश्वबिद्यालयको खोजि गर्नु होस्

ELS ले हाम्रो सर्च टूल तथा इन-कन्ट्रि ELS अथोराइज्ड काउन्सेलिङ एजेन्ट्स का माध्यमबाट स्वदेशबाटै क्यानाडाको सही विश्वविद्यालय फेला पार्न सहयोग गर्छ।ियामा सहयोग प्रदान गर्नेछन्।

आफ्नो लागि सही कनेडीयन विश्वविद्यालयको चयन गर्ने क्रममा विचार पुर्र्याउनु पर्ने विभिन्न आधारहरू छन्। हाम्रो लक्ष्य भनेको तपाईँको शिक्षा, शैक्षिक लक्ष्य तथा व्यक्तिगत उपलब्धीसँग सबभन्दा मेल खाने सहि कनेडीयन बिश्वबिद्यालयको तलाश तथा अन्य अध्ययन संस्थानहरू भेटाउन तपाईँलाई सहयोग गर्नु हो। तपाईँ आफ्नो देश छाड्नु भन्दा पहिला नै हामी तपाईँलाई सशर्त प्रवेश पाउनमा सहयोग गर्छौँ।

तपाईँले क्यानाडाको कलेज/विश्वविद्यालयमा आवेदन दिन सक्नुहुन्छ, जहाँ प्रत्येक अध्ययन संस्थानले विविध तहका भर्ना तथा छनौटका मापदण्डहरूको प्रयोग गर्छन्। क्यानाडाको अध्ययन संस्थानहरू सबै फरक प्रकारका छन्। ठिक शैक्षीक संस्थाको खोजि को लागी विश्वविद्यालयहरू सरकारी वा निजी हुन सक्छन्, र विद्यार्थीहरूको सङ्ख्या, डिग्रीहरूको प्रकार, खर्च तथा स्थानहरू सबैमा फरक हुन्छ।

आफ्नो आवश्यकता पूरा हुने प्रकारको डिग्री विकल्प, तथा अध्ययन संस्थानको प्रकार बारे जानकारीबाट शुरु गर्नुहोस्।

र्र्याङ्किङ

क्यानाडामा सर्वोच्च 10, 20, 50 अथवा 100 विश्वविद्यालयहरूको कुनै आधिकारिक सूची छैन, न त क्यानाडाको सरकार विश्वविद्यालयहरूको र्र्याङ्क तयार गर्छ। वार्षिक, सब्जेक्टिभ कलेज “र्र्याङ्किङ” दिइएको केही मार्गनिर्देशिकाहरू उपलब्ध छन्। यी अनाधिकृत र्र्याङ्किङले गुणस्तरको हिसाबमा कलेज/विश्वविद्यालयहरूको वर्गीकरण गर्न सक्छन् मुख्यत अन्डरग्र्याज्युएट, व्यापक (ग्र्याज्युएट तथा अन्डरग्र्याज्युएट अध्ययन) तथा चिकित्सा विद्यावारिधि।

कुनै उपयुक्त लक्ष्यित विश्वविद्यालयको पहिचानका लागि तपाईँ र्र्याङ्किङ सूचकांकको प्रयोग गर्नु हुन्छ भने, र्र्याङ्किङ सूची खडा गर्न उपयोग गरिएको मापदण्डहरू जाँच गर्न तथा यसलाई आफ्नै व्यक्तिगत अध्ययन लक्ष्यसँग तुलना गर्न नभुल्नुहोला। सहि कनेडीयन बिश्वबिद्यालयको तलाश को लागी अनाधिकृत नै भएपनि, प्रकाशित र्र्याङ्किङहरू कलेज खोज्ने प्रक्रियामा एउटा सही शुरुवात हुन सक्छन्। कलेजबारे भन्नु पर्दा आँकडाले मात्र वर्णन नहुने अदृष्य अनुभवहरू पनि हुन्छन्। र्र्याङ्किङ सूचकांक भनेको कतिपय साधनहरू मध्येको एक मात्र हो जसको सहायताले तपाईँले आफ्नो शैक्षिक एवं सामाजिक आवश्यकता पूरा हुने शैक्षिक संस्थानहरू भेटाउन सक्नुहुन्छ। उपयुक्त बिश्वबिद्यालयको खोजि गर्न क्यानाडाको विश्वविद्यालयहरूको म्याकलियन्स गाइड क्यानाडामा पाइने एउटा लोकप्रिय गाइड हो।बाट शुरु गर्नुहोस्।

क्यानाडाको विश्वविद्यालयहरूको म्याकलियन्स गाइड हरेक वर्ष मार्च महिनामा प्रकाशित हुन्छ। यसलाई म्याकलियन्स युनिभर्सिटि गाइड पनि भनिन्छ। यसमा मुख्यत उच्च शिक्षाको अन्तिम वर्षमा अध्ययनरत तथा क्यानाडाको विश्वविद्यालयहरूमा प्रथम वर्षमा प्रवेश गर्न लागेका विद्यार्थीहरूका लागि वार्षिक रूपमा नोभेम्बरमा प्रकाशित हुने, म्याकलियन्स युनिभर्सिटि र्र्याङ्किङबाट जानकारी समावेश गरिएको हुन्छ। उपयुक्त बिश्वबिद्यालयको खोजि गर्न दुवै गाइड तथा र्र्याङ्किङ अङ्कमा क्यानाडाको विश्वविद्यालयहरूबारे छलफल गर्दै उनीहरूको गुणस्तर अनुसार र्र्याङ्किङ गर्ने लेखहरू प्रकाशित भएको हुन्छ। र्र्याङ्किङमा “अन्डरग्र्याज्युएट अनुभव,” को मापन गर्ने तथा विश्वविद्यालयहरूलाई तीन वटा सह समूहहरूमा तुलना गर्ने कुरामा जोड दिइएको हुन्छ: मुख्यत अन्डरग्र्याज्युएट, व्यापक, तथा चिकित्सा विद्यावारिधि।

मुख्यत अन्डरग्र्याज्युएट वर्गका संस्थानहरू थोरै मात्र ग्र्याज्युएट र प्रमुख रूपमा अन्डरग्र्याज्युएट शिक्षा सम्बन्धी हुन्छन्। व्यापकहरूमा महत्वपूर्ण हिसाबमा शोधकार्य क्रियाकलाप तथा प्रोफेशनल डिग्रीहरू लगायतका विविध प्रकारका ग्र्याज्युएट तथा अन्डरग्र्याज्युएट अध्ययनहरू हुन्छन्। चिकित्सा विद्यावारिधि अध्ययन संस्थानहरूमा वृहत प्रकारका Ph.D. अध्ययन कार्यक्रम तथा शोधकार्य, साथै चिकित्सा संस्थानहरू समावेश हुन्छन्।