युरोपमा किन अध्ययन गर्ने?

युरोपका विश्वविद्यालयहरू उच्चतम शैक्षिक मापदण्ड, अत्याधुनिक शोधकार्य तथा खर्च गरे अनुसार उपलब्ध मूल्यका लागि जानिन्छन्। टाइम्सले आफ्नो 2012 वर्ल्ड युनिभर्सिटि र्र्याङ्किङमा सुचीकृत गरे अनुसार विश्वको सर्वोच्च 100 विश्वविद्यालयहरू मध्ये एकतीस युरोपमा अवस्थिति छन्, जसले यसलाई USA पछिको दोस्रो सबभन्दा विशाल विश्वविद्यालय भएको ठाउँ बनाएको छ।

समग्रमा, युरोपमा जम्मा 4000 भन्दा धेरै उच्च शिक्षा संस्थानहरू छन् जहाँ स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहमा विविध विषयहरूमा अध्ययन गर्न पाइन्छ। यी धेरै भन्दा धेरै संस्थानहरूमा कमसेकम केही डिग्री कार्यक्रमहरूमा अङ्ग्रेजीलाई शिक्षाको माध्यम बनाएर, युरोपका विश्वविद्यालयहरू अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई न्यानो स्वागत जनाउने र आजको वैश्विक खाँचो अनुरूप उनीहरूको वृत्ति विशेष आवश्यकता पूरा गर्ने शिक्षा प्रदान गर्ने क्रममा सधैँ भन्दा अगाडि उभिएका देखिन्छन्। यो मुख्यतः ग्र्याजुएट तहमा प्रस्ट देख्न सकिन्छ: म्यानलैंड युरोपमा अङ्ग्रेजी-पढाइएको स्नातकोत्तरहरूको सङ्ख्यामा वृहत् रूपमा वृद्धि भएर सन् 2007 को 1000 भन्दा थोरै मात्र बेसीबाट आज 5000 भन्दा धेरै पुगेको छ। व्यापार तथा अर्थशास्त्र (हाल सबभन्दा लोकप्रिय, युरोपमा अङ्ग्रेजी-पढाइएको स्नातकोत्तरहरको लगभग 28%) देखि ईन्जिनियरिङ, जीव विज्ञान (चिकित्सा शास्त्र लगायत), सामाजिक शास्त्र तथा मानविकी सम्मका विविध विषयहरूमा अङ्ग्रेजीमा डिग्री स्तरको शिक्षा प्रदान गरिन्छ।

सन् 1999 को बोलोना घोषणा पत्र (Bologna Declaration of 1999) ले युरोप भरि उच्च शिक्षा प्रणालीलाई निम्न अनुसार उच्च शिक्षाको 3-चक्रीय प्रणालीसँग मिलाएको छ:

  • स्नातक डिग्री (3-4 वर्ष)
  • स्नातकोत्तर डिग्री (1-2 वर्ष)
  • विद्यावारिधि डिग्री (3 वर्ष)

यसै प्रक्रिया अन्तर्गत युरोपेली क्रेडिट ट्रान्स्फर सिस्टम (ECTS) लागु गरियो जसले युरोपेली उच्च शिक्षा संस्थानमा अध्ययनरत विद्यार्थीहरू युरोप भित्रको अर्को विश्वविद्यालयमा स्थानान्तर गर्न वा अझै पढ्न र आफ्नो क्रेडिटहरू सहजै स्थानान्तर गर्न सक्छन्। ECTS को सहायताले विद्यार्थीहरू एउटा चक्रको अवधिमा एउटा विश्वविद्यालयबाट अर्कोमा स्थानान्तर गर्न (प्रायजसो स्नातक तहमा मात्र) अथवा एउटा चक्र पूरा गरेर अर्को विश्वविद्यालयमा थप शिक्षा ग्रहण गर्न (उदाहरणको लागि, स्नातक डिग्री पूरा गरि अर्को विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि जान ) सक्छन्।

युरोपका विश्वविद्यालयहरूले धेरै समय देखि नै अन्य राष्ट्रका विद्यार्थीहरूलाई स्वागत गर्ने गरेको छ। आफ्नो ऐतिहासिक सम्पदासँग मिल्दो आधुनिक तथा उच्च गुणस्तरीय जीवन शैलीको खास मेलका कारण, युरोपमा अन्य कतै पनि नपाइने अध्ययन अनुभवहरू गर्न पाइन्छ।