मलेसियामा किन अध्ययन गर्ने?

अन्तर्राष्ट्रिय शिक्षाको क्षेत्रमा 30 वर्ष भन्दा बढीको अनुभवका साथ, हाम्रो बेजोड तथा सुसङ्गठित उच्च शैक्षिक प्रणालीले तपाईँलाई सही मूल्यमा अन्तर्राष्ट्रिय योग्यता आर्जन गर्ने अवसर प्रदान गर्दछ।

साल 2010 को शुरुमा, मलेसियामा 100 भन्दा धेरै देशबाट डिप्लोमा; अङ्ग्रेजी भाषा; निजी उच्च शैक्षिक संस्थान, सरकारी विश्वविद्यालय, तथा विश्वविद्यालय विदेश शाखा क्याम्पसमा डिग्री लगायतका शिक्षा आर्जन गर्न आएका 80,000 भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू थिए। मलेसियालाई अन्तर्राष्ट्रिय शिक्षाको लागि गन्तव्यका रूपमा चुन्ने विद्यार्थीहरूको भरोसा प्रस्ट देखिएको छ।

मलेसियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्ने वर्षौँको अनुभव बोकेको छ। यसैले, धेरैजसो निजी उच्च शैक्षिक संस्थान, अङ्ग्रेजी भाषा संस्थान, तथा सरकारी विश्वविद्यालयहरू तपाईँलाई शैक्षिक रूपले अनुकूल वातावरणमा योग्यता प्रदान गर्न अनुभवशील छन्।

मलेसियाइ संस्थानहरूको अन्तर्राष्ट्रिय विद्यार्थी कार्यालयहरू विभिन्न जातीय, सांस्कृतिक तथा शैक्षिक परिवेशबाट आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग काम गर्ने अनुभवले पूर्ण छन्। तसर्थ, यी विद्यार्थीहरूले यहाँ आफ्नो अध्ययन कालमा आवश्यक सहयोग तथा सेवा पाउन सक्छन्। मलेसियामा अध्ययन गरि, तपाईँले वैश्विक बजारको माग बमोजिम ज्ञान तथा सीप आर्जन गर्नुका साथै मलेसियाको सहज तथा गहन अनुभवको आनन्द लिन पाउनु हुनेछ।